सानिमा जनरल, जीआईसी, सगरमाथा र लुम्बिनी जनरलको शेयर कारोबार रोक्का
काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स, जनरल इन्स्योरेन्स कम्पनी (जीआईसी), सगरमाथा इन्स्योरेन्स कम्पनी र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले शेयर कारोबार रोक्का भएको छ ।
सानिमा जनरल र जीआईसीबीच हिजो साँझ मर्जर सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको हो भने सगरमाथा र लुम्बिनी जनरलले आज बिहान प्रारम्भिक समझदारीमा पत्रमा हस्ताक्षर गरेका हुन् ।
सानिमा जनरलका नायब महाप्रबन्धक तथा कम्पनी सचिव सुबोधलाल श्रेष्ठ, जीआईसीका कम्पनी सचिव रामप्रसाद पौडेल, सगरमाथाका कम्पनी सचिव विश्वनाथ अधिकारी र लुम्बिनी जनरलका कम्पनी सचिव देवेन्द्र कोइरालाले आजैबाट शेयर कारोबार रोक्का गरिदिन नेप्सेमा पत्रकार गरेका थिए ।
प्रकाशित मितिः २०७९ असार ३० बिहिबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
