भृकुटीमण्डपमा भएको आगलागी नियन्त्रणमा लिने प्रयास जारी

भक्तपुर न्यूज

२९ असार २०७९ १२:१६

भृकुटीमण्डपमा भएको आगलागी नियन्त्रणमा लिने प्रयास जारी

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमास्थित एक गोदाममा भीषण आगलागी भएको छ । भृकुटीमण्डपको पुरानो सिनेमा हल क्षेत्रनजिकै एक गोदाममा आगलागी भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार यहाँस्थित ह्वील चेयरको गोदाममा आगलागी भएको हो । अहिले विभिन्न क्षेत्रका दमकलको सहयोगमा सुरक्षाकर्मी र स्थानीयबासीले आगो नियन्त्रणको प्रयास जारी राखेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भरतबहादुर बोहराले केही अघि मात्रै आगलागी भएको र निभाउने कार्य जारी रहेको बताएको छ ।

प्रकाशित मितिः २०७९ असार २९ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय