नेपाल-भारतबीचको खुला सीमा बन्द गर्न सरकारसँग माग : सुवाल

भक्तपुर न्यूज

२९ असार २०७९ १०:०५

नेपाल-भारतबीचको खुला सीमा बन्द गर्न सरकारसँग माग : सुवाल

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नागरिकता समस्या समाधानका गर्नका लागि नेपाल-भारतबीचको खुला सीमा बन्द गर्न सरकारसँग माग गरेका छन्।

सांसद सुवालले जन्मको आधारमा नेपाली नागरिकता पाएकाहरूको तत्काल छानबिन गरी विदेशीले पाएको भए खारेज गर्न पनि सरकारलाई दवाव दिए।

बुधबार प्रतिनिधिसभा बैठकमा ‘नेपाल नागरिकता पहिलो संशोधन विधेयक २०७९’ मा विरोधको सूचना पेस गर्दै उनले नेपालीसँग विवाह गरेका नेपाली नागरिकलाई २० वर्ष निरन्तर नेपालमा बसोबास गरेको र नेपालको कुनै एउटा भाषा र संस्कृतिमा लिखित परीक्षा र अन्तरवार्ता उत्तीण गरेकालाई नेपालको कृतिम नागरिकता दिने व्यवस्था गर्न पनि सरकारलाई सुझाव दिए।

प्रकाशित मितिः २०७९ असार २९ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय