१७ वर्षीया किशोरीलाई बलात्कार गरी फरार रहेका टिपरका चालक पक्राउ

भक्तपुर न्यूज

२९ असार २०७९ ५:३०

१७ वर्षीया किशोरीलाई बलात्कार गरी फरार रहेका टिपरका चालक पक्राउ

काठमाडौं । १७ वर्षीया किशोरीलाई बलात्कार गरी फरार रहेका टिपरका चालकलाई प्रहरीले  पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दोलखा गौरीशंकर गाउँपालिका–८ घर भएका रा १ ख २७३४ नम्बरको टिपरका चालक ३२ वर्षीय ज्ञान बहादुर नेपाली रशेका छन् ।

दोलखाबाट काठमाडौंतर्फ आउँदै गरेको उक्त टिपरमा चढि आएकी ती किशोरीलाई घर पुर्‍याइदिने भनि बहाना बनाई चन्द्रगिरी नगरपालिका–७ थानकोटमा पार्किङ गरी सोही टिपर चालकले शुक्रबार राति बलात्कार गरी टिपर समेत छाडी फरार भएको र प्रहरीले खोजी गर्ने क्रममा उनलाई काठमाडौं महानगरपालिका–१४ कलंकीबाट पक्राउ गरेको हो ।

उनी विरुद्ध जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति प्राप्त भई करणी सम्बन्धी कसुर अन्तर्गत आवश्यक अनुसन्धान भइरहेको छ ।

प्रकाशित मितिः २०७९ असार २९ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय