सूर्यबिनायक–३ मा काँग्रेसका खत्रीका टिम विजयी
भक्तपुर ४ जेठ । सूर्यबिनायक नगरपालिका वडा नं. ३ मा काँग्रेस विजयी भएको छ । वडा नं. ३ मा काँग्रेसका शिवशरण खत्रीको पूरै टिम विजयी भएको छ । वडा अध्यक्षमा काँग्रेसका खत्रीले १ हजार १ सय २४ मतले जितेका छन् । उनको प्रतिद्वन्दी एमालेका राजकुमार सिल्वाल खत्रीले ७ सय २७ मत पाएका छन् ।
त्यस्तै महिला वडा सदस्यमा अम्बिका राउतले १ हजार ७१ मत, खुला सदस्यमा घनश्याम भट्टराईले १ हजार १ सय ७७ मत र प्रभु भक्त माडी श्रेष्ठले १ हजार ७२ मत ल्याई विजयी भएका छन् ।
हालसम्म सूर्यबिनायक नगरको मेयरमा नेपाली काग्रेसका बिष्णुराज कार्कीले ४ हजार ४ सय ७६, उपमेयर कल्पना राजथलाले ३ हजार ३ सय ८८ मत प्राप्त गरी अग्रता कायम गरेका छन् । यस्तै, मेयरमा एमालेका बासुदेव थापाले ३ हजार २ सय ५ र उपमेयर जुना बस्नेतले ४ हजार ३ मत ल्याएका छन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
