त्रिविको परीक्षामा लापपरबाही, विषय एउटा प्रश्न अर्कै
पोखरा। गण्डकी प्रदेश सभामा आर्थिक वर्षको बजेटमाथि छलफल चलिरहँदा प्रदेश सभा भवन बाहिर भने विद्यार्थीहरुले नाराबाजीसहित विरोध गरेका छन् ।
त्रिभुवन विश्वविद्यालय अन्तर्गत पोखरामा रहेको आंशिक क्याम्पस पृथ्वीनारायण क्याम्पस र जनप्रिय क्याम्पसका विद्यार्थीहरुले प्रदेश सभाअघि विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले त्रिविले विद्यार्थीको मानसिकतासँग नराम्ररी खेल्दै आएकको कारण आफूहरु न्याय माग्न घरको सरकारसमक्ष आएको बताएका छन् ।
वी.वी.ए. छैठौं सेमेस्टरको वार्षिक परीक्षा सुरु भएकै पहिलो दिन परीक्षा दिने क्रममा समस्या आउँदा त्रिवि संगठनात्मक व्यवहार विषयको परीक्षामा त्रुटी भएका कारण परीक्षा रद्ध भएको र असार २५ गते संचालन भएको नेपाली समाज र राजनीति विषयको परीक्षामा समेत सोही गल्ति दोहोरिएको भन्दै उनीहरुले विरोध गरेका हुन् ।
यो समाचार आजका नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।
प्रकाशित मितिः २०७९ असार २७ सोमबार