बलात्कारको घटनामा दुई वर्षको हदम्याद प्रस्ताव, २१ वर्षको हुँदासम्म उजुरी दिइसक्नुपर्ने

भक्तपुर न्यूज

२४ असार २०७९ ८:२८

बलात्कारको घटनामा दुई वर्षको हदम्याद प्रस्ताव, २१ वर्षको हुँदासम्म उजुरी दिइसक्नुपर्ने

काठमाडौं । प्रतिनिधिसभाको कानुन न्याय तथा मानव अधिकार समितिले बलात्कारको घटनामा हद म्याद दुई वर्ष बढाउने प्रस्ताव गरेको छ । अपराध संहितामा एक वर्षमात्र हद म्यादको व्यवस्था छ ।

सुन्दरी प्रतियोगिताका आयोजकले आठ वर्षअघि आफूमाथि ज्यादती गरेको भन्दै एक युवतीको उजुरीपछि हदम्यादको विषयमा संशोधन हुनुपर्ने माग उठेको हो । समितिको शुक्रबार बसेको बैठकले बलात्कारको मुद्दामा दुई वर्षको हदम्याद प्रस्ताव गरेको छ ।

बालिगले घटना भएको दुई वर्ष भित्र उजुरी दिन सक्ने प्रस्ताव गरिएको हो । बालबालिका अपांग, अशक्त, मानसिक अवस्था कमजोर भएकाको हकमा ३ वर्षको हदम्याद राख्ने प्रस्ताव राखेको छ । बलात्कारमा परेका नाबालिगले बालिग भएको ३ वर्षपछि अर्थात् २१ वर्षको उमेर हुँदासम्म उजुरी दिन सक्ने प्रस्ताव गरिएको हो ।

समितिको यो प्रस्तावसहितको प्रतिवेदन आज २ बजे बस्ने प्रतिनिधिसभा बैठकमा पेस हुँदैछ । सरकारले ल्याएको विधेयकमाथि एमाले र कांग्रेसका सांसद्‌हरुले हद म्याद खुला गर्नुपर्ने संशोधन हालेका थिए ।

माओवादीले बालबालिकाको हकमा पाँच वर्षको हदम्याद गर्नुपर्ने संशोधन पेस गरेको थियो । मुलुकी अपराध संहिता २०७४ को दफा २२९ मा एक वर्षे हदम्याद छ ।

प्रकाशित मितिः २०७९ असार २४ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय