अनुप बराल निर्देशित चलचित्र ‘दोख’ आजदेखि प्रदर्शनमा

भक्तपुर न्यूज

२४ असार २०७९ ७:४६

अनुप बराल निर्देशित चलचित्र ‘दोख’ आजदेखि प्रदर्शनमा

काठमाडौं । नेपाली चलचित्र दोख आजबाट प्रदर्शनमा आएको छ । शुक्रबारबाट चलचित्र देशभरका सिनेमा हलबाट प्रदर्शन भएको हो । अनुप बरालद्वारा निर्देशित चलचित्रमा दीया मास्के, मनिष निरौला, लोकमणि गुरुङ, माओत्से गुरुङको मुख्य अभिनय छ । चलचित्रमा तत्कालीन सरकार र माओवादीबीचको सशस्त्र द्वन्द्वको कथावस्तु समेटेको छ ।

फिल्म प्रदर्शनीपछि सिने सञ्चारकर्मीहरुसँग करा गर्दै नायिका मास्केले पात्रसँग जोडिएको यथार्थपरक कथावस्तुले दर्शकलाई यथार्थताको चित्रण गर्ने बताइन् । उनले फिल्म दोख आफूलाई राम्रो लागेको र करिव ७ वर्षअघिका कुरालाई पुनः दृश्यमा देख्दा फिल्ममा काम गर्दाको अनुभव पुनः स्मरण भएको बताइन् ।

त्यस्तै, नायक मनिष निरौलाले फिल्म छायांकन गरेको लामो समयपछि हेर्दा सुटिङ बेलाका असहज अनुभवको स्मरण भएको बताए । अन्तिमको सिनले भावुक बनाएको बताए । त्यस्तै फिल्मका निर्देशक अनुप बरालले मान्छेको मनलाई जोडेर इतिहासलाई देखाउने प्रयास गरेको बताए । उनले इतिहास जस्तो फिल्म भएपनि यस्ता चलचित्रले भावि पुस्तालाई विगतको कुरा सम्झाइरहने बताए ।

एकल प्रदर्शनमा आएको ‘दोख’ले सिंगल थिएटर पर्याप्त पाएको छ भने मल्टीप्लेक्सहरुमा पनि सुखद् शो हात पारेको छ । एक स्क्रिप्ट प्रतियोगितामा पहिलो भएको राजन कठेतद्वारा लिखित कथामा चलचित्र बनेको हो ।

सविन ज्ञवाली र मनोज अधिकारी निर्माता रहेको चलचित्रको कार्यकारी निर्माता भीम न्यौपाने, ओम गुरुङ र रञ्जु वाग्ले थापा हुन् । सन्तोष पाठक, धर्म अधिकारी, प्रविण पाठक, सुमिता आचार्य, दीपक खनाल र युबराज भट्टराई एसोसियट निर्माता रहेको चलचित्रमा शैलेन्द्र डि। कार्कीको छायांकन, संगम पुष्पाको ब्याकग्राउन्ड स्कोर, अष्ट महर्जनको द्वन्द्व र निमेष श्रेष्ठको सम्पादन छ ।

प्रकाशित मितिः २०७९ असार २४ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय