चाँगुनारायणमा काँग्रेसको अग्रता

भक्तपुर न्यूज

४ जेठ २०७४ ०:२९

चाँगुनारायणमा काँग्रेसको अग्रता

भक्तपुर ४ जेठ । चाँगुनारायण नगरपालिकामा राति २ बजेसम्म भएको मतगणनामा काँग्रेसले अग्रता लिएको छ । चाँगुनारायण नगरपालिकामा मेयर काँग्रेसका राजाराम खड्काले ६३ मत प्राप्त गरी अग्रस्थानमा छन् । त्यस्तै एमालेका सोम मिश्रले ३७ मत र राप्रपाका रविन्द्र प्रताप शाहले ३८ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
त्यस्तै, उप मेयरमा काँग्रेसकी सरु बानियाँले ६०, एमालेकी बिना बास्तोलाले ५८ र राप्रपाकी यवती कार्कीले ३१ मत प्राप्त गरेका छन् ।
वडा नं। १ भने एमालेका सुजन कुमार न्यौपानेले ५९ मतले अग्रता लिएका छन् । राप्रपाका इश्वर थापाले ५५ मत र काँग्रेसका राजेश खड्काले ४६ मत पाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय