समाजवादी क्रान्तिका लागि छिटै पार्टीको विशेष महाधिवेशन : प्रचण्ड

भक्तपुर न्यूज

२३ असार २०७९ ८:२९

समाजवादी क्रान्तिका लागि छिटै पार्टीको विशेष महाधिवेशन : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चाँडै विशेष महाधिवेशनको तयारी भइरहेको बताएका छन् ।

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकलाई बिहीबार सम्बोधन गर्दै प्रचण्डले समाजवादी क्रान्तिका लागि छिटै पार्टीको विशेष महाधिवेशन हुने बताएका हुन् ।

माओवादीको मंसिरमा सम्पन्न महाधिवेशनले प्रचण्डलाई अध्यक्षमा चयन गरेको थियो । आफ्नो राजनीतिक दस्तावेजमा उठेका प्रश्नमाथि जवाफ दिने क्रममा अध्यक्ष प्रचण्डले भने, ‘छिट्टै विशेष महाधिवेशन गर्ने तयारी हुँदैछ भनेर बुझ्नुस् ।

विशेष महाधिवेशनले समाजवादी क्रान्तिको विचारलाई क्रान्तिको तयारी र योजनालाई अर्को उचाइमा पुर्‍याउने उनको दाबी छ । नेपाली जनतालाई काङ्ग्रेस र एमालेजस्तो अर्को पार्टी आवश्यक नरहेको भन्दै माओवादी फरक हो भनेर देखाउनुपर्नेमा अध्यक्ष प्रचण्डले जोड दिए ।

प्रकाशित मितिः २०७९ असार २३ बिहीबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय