युरोपियन च्याम्पियनसिप फुटबलमा इंग्ल्यान्डको विजयी सुरुआत

भक्तपुर न्यूज

२३ असार २०७९ २:४३

युरोपियन च्याम्पियनसिप फुटबलमा इंग्ल्यान्डको विजयी सुरुआत

काठमाडौं । आयोजक इंग्ल्यान्डले महिला युरोपियन च्याम्पियनसिप फुटबलमा विजयी सुरुआत गरेको छ ।

ओल्ड ट्राफोर्डमा बुधबार राति भएको उद्घाटन खेलमा अष्ट्रियालाई १-० ले हराउँदै घरेलु टोलीले सुखद सुरुआत गरेको हो । इंग्ल्यान्डको जितमा बेथ मिडले निर्णायक गोल गरिन् ।

खेलको १६ औं मिनेटमा बेथले इंग्ल्यान्डको जितमा गोल गरेकी हुन् । यस जितसँगै इंग्ल्यान्डले पहिलो खेलमा महत्वपूर्ण ३ अंक जोडेको छ ।

समूह ए को इंग्ल्यान्ड समूहको शीर्ष स्थानमा रहेको छ । अष्ट्रिया पुछारमा रहेको छ । महिला युरोमा १६ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् ।

सहभागी १६ टोलीलाई ४ समूहमा विभाजन गरिएको छ । हरेक समूहको शीर्ष दुई टोलीले नकआउट चरणमा स्थान बनाउने छन् । एजेन्सी

प्रकाशित मितिः २०७९ असार २३ बिहीबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय