पृथ्वीमा पानी पर्दा यी ग्रहमा भने हिराको वर्षा भइरहेछ
काठमाडौं । हाम्रो पृथ्वी रहस्यले भरिएको छ, त्यसैले हाम्रो सौर्यमण्डल पनि एक आश्चर्यभन्दा कम छैन । हाम्रो सौर्यमण्डल बाहिर धेरै अनौठा ग्रहहरू छन्, जहाँ हरेक दिन रहस्यमयी घटनाहरू देख्न पाइन्छ । अहिले हाम्रो सौर्यमण्डलका दुई ग्रहमा यस्तै घटना देखिएको छ । यी दुई ग्रहमा बहुमूल्य हिराको वर्षा भइरहेको छ ।
यो थाहा पाएर तपाईलाई पत्यार नलाग्न सक्छ तर यो पूर्ण सत्य हो । हाम्रो सौर्यमण्डलमा रहेका यी दुई ग्रहहरूको नाम अरूण र बरूण हो । यी ग्रहमा पानी पर्दैन, तर हिराको वर्षा हुन्छ । वास्तवमा, हाम्रो पृथ्वीमा वर्षाको पानी हाइड्रोजन र अक्सिजनको थोपाबाट बनेको छ, जबकि धेरै ग्रहहरूमा पानीका थोपाहरू बाक्लो र भारी हुन्छन् । तिनीहरू पानीको सट्टा कार्बनबाट बनेका छन् ।
यी ग्रहहरूमा कार्बन र हाइड्रोजनको तापक्रम र दबाबको अवस्थाका कारण टुट्ने गर्छ, जसका कारण हिराको वर्षा हुन्छ । मिथेन ग्यासका कारण यी दुवै ग्रह नीलो देखिने नाओमी रोवे-गुर्नीले बताएकी छन् ।
हामी सबैलाई थाहा छ कि मिथेनमा कार्बन हुन्छ । बरुण र अरुण उच्च वायुमण्डलीय चापका कारण कार्बन धेरै पटक छुट्याएको उनीहरूको भनाइ छ । दबाबले क्रिस्टलको निर्माण हुन्छ, जुन हीरा हो ।
प्रकाशित मितिः २०७९ असार २२ बुधबार
