‘नेपालमा सियो पनि बन्दैन’, ११ महिनामै भित्रियो एक करोड ३० लाखभन्दा बढीको सियो

भक्तपुर न्यूज

२२ असार २०७९ ७:५१

‘नेपालमा सियो पनि बन्दैन’,  ११ महिनामै भित्रियो एक करोड ३० लाखभन्दा बढीको सियो

काठमाडौं । ‘नेपालमा सियो पनि बन्दैन’, यो भनाइ अधिकांश नेपालीहरूले सुनेका छन्। र, अझै पनि यो परिस्थिति परिवर्तन भएको छैन। हाल विश्वका १२ देशबाट नेपालमा सियो आयात हुने गरेको छ। चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो एघार महिनामा नेपालले विश्वका १२ देशबाट एक करोड ३० लाख ४० हजार रुपैयाँको सियो आयात गरेको छ।

भन्सार विभागका अनुसार २०७८ साउनदेखि २०७९ जेठ मसान्तसम्मको अवधिमा नेपालमा उक्त मूल्य बराबरको १९ हजार ७८४ केजी सियो भित्रिएको छ। नेपालले सियो आयात गर्ने देशहरूमा भारत, अमेरिका, क्यानेडा, चीन, इटाली, जापान, केन्या, दक्षिण कोरिया, स्वीडेन, स्वीट्जरल्याण्ड, ताइवान र बेलायत रहेका छन्।

गत आर्थिक वर्ष २०७७/७८ मा विश्वका १३ वटा देशबाट नेपालले ९४ लाख ३ हजार रुपैयाँको सियो आयात गरेको थियो। सो मूल्यमा २१ हजार ४८७ केजी सियो नेपाल भित्रिएको थियो।

प्रकाशित मितिः २०७९ असार २२ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय