निरन्तरको वर्षा र बाढीका कारण बंगलादेशमा १०० भन्दा बढीको मृत्यु

भक्तपुर न्यूज

२० असार २०७९ ११:०९

निरन्तरको वर्षा र बाढीका कारण बंगलादेशमा १०० भन्दा बढीको मृत्यु

काठमाडौं । निरन्तरको वर्षाका कारण आएको बाढीमा परी कम्तिमा एक सयभन्दा बढीले ज्यान गुमाएका छन्। यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँका ६४ ओटा जिल्ला बाढीका कारण प्रभावित भएका छन्। ती जिल्लामा गरी १०२ जनाको ज्यान गएको छ।

गएको मे १७ देखि जुन २८ सम्म बंगलादेशमा देशव्यापी रुपमा वर्षा भएको थियो। त्यतिबेला नै अधिकांश मानिसको ज्यान गएको बताइएको थियो। यहाँका कतिपय जिल्लाहरुमा पछिल्ला दिनहरुमा पनि बाढीको प्रकोप जारी छ। यहाँ बाढीले ल्याएका सर्पले टोकेर, चट्यांग परेर र बाढीले बगाएर धेरैको ज्यान गएको बताइएको छ।

बंगलादेशका स्वस्थ्य अधिकारीहरुले अहिले पनि यहाँका कतिपय स्थानमा बाढीको प्रकोप जारी रहेको र ठूलो संख्याका मानिसहरु विस्थापित भएका बताइएको छ। बाढी प्रभावितहरुको उद्धार र सहयोगका लागि ठूलो संख्यामा सहायताकर्मी र प्रहरी परिचालन गरिएको बताइएको छ।

अघिल्लो हप्ताको बाढीले दर्जनौँ स्थानका बाटो बगाइदिएको छ। यसका कारण मानिसहरुलाई कैयौँ जिल्लामा आवत जावत गर्न पनि कठिन भएको पाइएको छ। त्यस्तै बिजुली र खानेपानीका संरचनाहरु पनि बाढीले भत्काइदिएको छ। ती संरचना निर्माणको काम भइरहेको अधिकारीहरुले बताएका छन्।

यहाँका प्रकोप व्यवस्थापन सम्बन्धी मन्त्री इनामुर रहमानले सरकारले बाढी पीडितहरुको उद्धार गर्न र भत्किएका संरचनाहरु बनाउनका लागि ठूलो संख्यामा प्रहरी र उद्धारकर्मी परिचालन गरेको बताएका छन्। उनले सहयोग गर्न सबै नागरिकलाई आग्रह पनि गरेका छन्। एजेन्सी

प्रकाशित मितिः २०७९ असार २० सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय