सञ्जयलीला भन्सालीको यातना सहन नसकेर ‘सावरिया’ छोड्नै लागेको थिएँ: रणवीर

भक्तपुर न्यूज

२० असार २०७९ ८:३१

सञ्जयलीला भन्सालीको यातना सहन नसकेर ‘सावरिया’ छोड्नै लागेको थिएँ: रणवीर

काठमाडौं । अभिनेता रणवीर कपूरले फिल्म ‘सावरिया’बाट बलिउडमा डेब्यू गरेका हुन्। उनले डेब्यू फिल्मको सेटमा आफूले यातना भोग्नु परेको खुलासा गरेका छन्। नेहा धुपियासँग २०१६ मा पोडकास्ट कुराकानीमा रणवीरले भनेका थिए, ‘सञ्जय लीला भन्साली टास्क मास्टर हुन्।

उनले मलाई सेटमा घुँडा टेक्न बाध्य बनाउँथे। मैले यसलाई यातनाको रुपमा लिन थालिसकेको थिएँ। १०/११ महिना छायांकन भइसकेपछि मैले सावरिया छोड्ने निर्णय समेत गरेको थिएँ।’

पहिलो फिल्मको अनुभव दबाबपूर्ण भए पनि उनी आफ्नो अभिनयको श्रेय सञ्जयलाई दिन्छन्। ‘भन्साली संवेदनशील र भावनात्मक व्यक्ति हुन्। मैले उनीसँग धेरै अनुभव लिने अवसर पाएँ, यही अनुभवबाट आज यहाँसम्म आएको हुँ,’ उनले भने।

यो वर्ष रणवीरको दुई ठूला फिल्म प्रदर्शन हुँदैछ। जुलाई २२ मा उनी अभिनित फिल्म ‘शमशेरा’ प्रदर्शन हुँदैछ। यशराज ब्यानरको निर्माण भएको ‘शमशेरा’लाई करण मल्होत्राले निर्देशन गरेका हुन्।

फिल्ममा रणवीरसँगै सञ्जय दत्त, वाणी कपूर, आशुतोष राणा, सौरभ शुक्ला र रोनित रोयलगायत कलाकारको अभिनय छ। रणवीर र आलिया भट्ट अभिनित फिल्म ‘ब्रह्मास्त्र’ यही सेप्टेम्बर ९ मा प्रदर्शन हुँदैछ।

प्रकाशित मितिः २०७९ असार २० सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय