बेलायती सेनाको ट्वीटर र युट्युब एकाउन्ट ह्याक

भक्तपुर न्यूज

२० असार २०७९ ७:५४

बेलायती सेनाको ट्वीटर र युट्युब एकाउन्ट ह्याक

काठमाडौं । बेलायती सेनाको ट्वीटर र युट्युब एकाउन्ट ह्याक भएको छ। बेलायती सेनाले आइतबार केही समय आफ्नो एकाउन्ट ह्याक भएको बताएको हो। ह्याकरहरुले उक्त एकाउन्टबाट क्रिप्टोकरेन्सी र ब्लकचेन प्रणालीको नन फंगिबल टोकनको विषयमा पोस्ट गरिएको थियो।

बेलायती सेनाले आफ्नो ट्वीटर एकाउन्टबाट केही समयका लागि अवरोध भएको जानकारी दिँदै यस विषयम पूर्णरुपमा अनुसन्धान गरेर जानकारी हासिल गर्ने दिशामा केन्द्रित रहेको बताएको छ।

त्यस्तै आइतबार बेलायती सेनाको आधिकारिक युट्युब एकाउन्टबाट पनि क्रिप्टोकरेन्सीसँग सम्बन्धित भिडिओ पोस्ट भएका थिए। पछि उक्त एकाउन्टहरुलाई पहिलाकै अवस्थामा ल्याइएको थियो।

प्रकाशित मितिः २०७९ असार २० सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय