सूर्यबिनायक–२ मा एक खुल्ला सदस्य बाहेक सबैमा काँग्रेस विजयी

भक्तपुर न्यूज

३ जेठ २०७४ १४:४१

सूर्यबिनायक–२ मा एक खुल्ला सदस्य बाहेक सबैमा काँग्रेस विजयी

भक्तपुर ३ जेठ । सूर्यबिनायक नगरपालिका वडा नं. २ मा एक खुला सदस्य बाहेक सबैमा काँग्रेस विजयी भएको छ । वडा नं. २ मा काँग्रेसले वडा अध्यक्ष, एक सदस्य, महिला सदस्य र दलित महिला सदस्यमा काँग्रेस विजयी भएका छन् भने एक खुला सदस्य जितेको छ ।
वडा अध्यक्षमा काँग्रेसका कमलनाथ आचार्यले १ हजार ३ सय ८५ मतले जितेका छन् । उनको प्रतिद्वन्दी एमालेका रवि श्रेष्ठले १ हजार ३ सय ६८ राप्रपाका कृष्ण सिलवालले .. मत पाएका छन् ।
त्यस्तै महिला वडा सदस्यमा कान्छीमाया श्रेष्ठले १ हजार ३ सय ९४ मत, दलित महिला सदस्यमा मुना परियारले १ हजार ३ सय ९४ मत र सुवास कुमार कार्कीले १ हजार ३ सय ६६ मत ल्याई विजयी भएका हुन् । यस्तै एमालेका विश्वराज विष्टले १ हजार ३ सय २९ मत ल्याई खुला सदस्यमा विजयी भए ।
हालसम्म सूर्यबिनायक नगरको मेयरमा नेपाली काग्रेसका बिष्णुराज कार्कीले ३ हजार १ सय ३९, उपमेयर कल्पना राजथलाले २ हजार २ सय ६८ मत प्राप्त गरी अग्रता कायम गरेका छन् । यस्तै, मेयरमा एमालेका बासुदेव थापाले २ हजार ५ सय ९४ र उपमेयर जुना बस्नेतले ३ हजार २ सय २२ मत ल्याएका छन् । राप्रपाका मेयर प्रविण ढुंगेलले ४ सय ६३ र उपमेयरमा जयन्ती महतले ५ सय ९६ मत पाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *