भक्तपुर नपा–४ मा पनि नेमकिपा विजयी

भक्तपुर न्यूज

३ जेठ २०७४ १४:०१

भक्तपुर नपा–४ मा पनि नेमकिपा विजयी

भक्तपुर ३ जेठ । भक्तपुर नगरपालिका वडा नं. ४ मा पनि नेपाल मजदूर किसान पार्टीको प्यानल विजयी भएको छ । वडा नं. ४ मा नेमकिपाका कुमार चवालले ३ हजार ३ सय ९८ मत प्राप्त गरी विजयी भएका छन् । उनको प्रतिद्वन्द्वी काँग्रेसका सुन्दर भेलेले १ हजार १ सय ६ मत र एमालेका अजय घेमोसुले ३ सय २० मत पाएका छन् ।
नेमकिपाका महिला सदस्य कृष्णलक्ष्मी दुवाल, दलित महिला सदस्य सरिना द्यौला, खुला सदस्य द्वयमा पशुपति प्रजापति र राजेन्द्र दुवाल विजयी भएका छन् ।
भक्तपुर नगरपालिकामा अहिलेसम्मको मत गणना अनुसार नेमकिपाका मेयर उम्मेदवार सुनील प्रजापतिले ९ हजार ४ सय ८८ मत प्राप्त गरेका छन् । त्यस्तै मेयरका प्रत्यासी नेपाली कांग्रेसका रामप्रसाद कासुलाले ३ हजार ८ सय ८६ मत पाएका छन् । नेकपा एमालेका बिष्णु सुवालले १ हजार ५ सय ९८ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
त्यस्तै, उप मेयरमा नेमकिपाकी रजनी जोशीले ९ हजार ५ सय ६, काँग्रेसकी गंगालक्ष्मी अवालले ३ हजार ८ सय २० र एमालेकी कृष्णमाया त्वानाबासुले १ हजार ७ सय ९४ मत प्राप्त गरेका छन् ।
यसैगरी, बडा नं १ को वडा अध्यक्ष नेमकिपाका श्यामकृष्ण खत्रीको प्यानल, वडा नं. २ को वडा अध्यक्ष हरि प्रसाद बासुकलाको प्यानलले विजयी हासिल गरेको छ । यस्तै, बडा नं. ३ मा पनि नेमकिपाका राजकृष्ण गोराको प्यानल विजयी भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *