अमेरिकी आइडल फाइनलिस्ट अर्थर गनले नेपालका सात सहरमा कन्सर्ट गर्ने

भक्तपुर न्यूज

१७ असार २०७९ ८:०९

अमेरिकी आइडल फाइनलिस्ट अर्थर गनले नेपालका सात सहरमा कन्सर्ट गर्ने

काठमाडौं । अर्थर गनको रुपमा चर्चित अमेरिकन आइडल फाइनलिस्ट दिवेश पोखरेलले नेपालमा देशव्यापी कन्सर्ट गर्ने भएका छन् । हस्की स्वरले लोकप्रिय उनले भदौमा मुलुकका सात सहरमा कन्सर्ट गर्न लागेका हुन् ।

सन् २०२० को अमेरिकन आइडलमा फस्ट रनरअप भएका उनी त्यसयता पहिलोपटक नेपाल आउन लागेका हुन् । कन्सर्ट आयोजक ब्रेनसर्भिसका अनुसार काठमाडौं, पोखरा, नेपालगञ्ज, भैरहवा, चितवन र इटहरीमा कन्सर्ट गर्ने तय भएको छ । काँकडभिट्टा कन्सर्टबारे निर्णय भइसकेको छैन ।

ब्रेनसर्भिसका संस्थापक रिशम महर्जनका अनुसार अर्थर गनसहित स्थानीय ब्यान्डले पनि प्रस्तुति दिनेछन् । नेपाल पर्यटन बोर्डसँग मिलेर च्यारिटीसहित सद्भावना कन्सर्टको रुपमा यसलाई अघि बढाउने तयारी समेत छ ।

अर्थरको नेपाल कन्सर्टको सबै जिम्मा ब्रेनसर्भिसले लिएको छ । ‘कन्सर्टलाई च्यारिटीको शैलीमा पनि आयोजना गर्ने तयारी छ,’ महर्जनले भने ।

नेपाल आएको बेला उनलाई काठमाडौंस्थित घरमा भव्य स्वागतको तयारी भएको छ । अर्थरको घर काठमाडौंको कलंकीमा हो । अमेरिकन आइडलको बेला उनलाई जिताउन नेपालमा समेत फ्यानहरुले र्‍याली आयोजना गरेका थिए ।

प्रकाशित मितिः २०७९ असार १७ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय