भक्तपुर नपा–४ मा नेमकिपा विजयी नजिक
भक्तपुर ३ जेठ । भक्तपुर नगरपालिकामा नेपाल मजदूर किसान पार्टीको अग्रता कायम नै रहेको छ । भक्तपुर नगरपालिकामा अहिलेसम्मको मत गणना अनुसार नेमकिपाका मेयर उम्मेदवार सुनील प्रजापतिले ९ हजार ४ सय ७ मत प्राप्त गरेका छन् । त्यस्तै मेयरका प्रत्यासी नेपाली कांग्रेसका रामप्रसाद कासुलाले ३ हजार ८ सय ६४ मत पाएका छन् । नेकपा एमालेका बिष्णु सुवालले १ हजार ५ सय ९१ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
त्यस्तै, उप मेयरमा नेमकिपाकी रजनी जोशीले ९ हजार ४ सय २७, काँग्रेसकी गंगालक्ष्मी अवालले ३ हजार ७ सय १ र एमालेकी कृष्णमाया त्वानाबासुले १ हजार ८ सय ५५ मत प्राप्त गरेका छन् ।
अहिले सम्म वडा नं. ४ को ५ हजार ३ सय मत गणना सम्पन्न भएको छ । नेमकिपाका कुमार चवालले ३ हजार ३ सय १९, काँग्रेसका सुन्दर भेलेले १ हजार ८८ र एमालेका अजय घेमोसुले ३ सय १४ मत पाएका छन् ।