चाँगु नपाको मतगणना ७ बजे हुँदै
भक्तपुर ३ जेठ । भक्तपुरको चाँुनारायण नगरपालिकाको मतगणना आज साँझ ७ बजेदेखि हुने भएको छ । नगरकोट मतदान केन्द्रको मतदान कार्य आज दिउँसो ५ बजे सकिएको कारण ७ बजेदेखि मतगणना शुरु हुने भएको हो । उक्त केन्द्रमा यसअघिको मतदान बदर गरी आज पुन मतदान गरिएको थियो ।
मतगणनाका लागि चाँग्ुनारायणमा सर्वदलिय बैठक बसिसकेको र सो बैठकले ७ बजे बाट मतगणना गर्ने सहमति भएको राजनीतिक दलका प्रतिनिधीहरुले बताएका छन् । भक्तपुरका अन्य ३ नगरमा मतगणना जारी नै छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
