केपी ओलीको वडामा काँग्रेसको जीत
भक्तपुर ३ जेठ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मतदान गरेको सूर्यविनायक नगरपालिका वडा नं २ मा नेपाली काँग्रेसले विजयी हासिल गरेको छ । ओलीको बसाई रहेकै कारण एमालेको मजबुद वडाका रुपमा हेरिएको सो वडामा काँग्रेसले जितेपछि एमालेको संगठन बालकोट क्षेत्रमा कमजोर भएको देखिएको छ ।
उक्त वडामा नेपालीका काँग्रेसका कमलराज आचार्यले १ हजार ३ सय ८५ मतले आफनो पोल्टामा पारेका छन् । उनको प्रतिद्वन्द्वी एमालेका रवि श्रेष्ठले १ हजार ३ सय ६८ मत पाए ।
यसैगरी उक्त वडामा महिला सदस्यमा काँग्रेसकी कान्छीमाया श्रेष्ठ, दलित सदस्यमा काँग्रेसकी मुना परियार खुल्ला सदस्यमा काँग्रेसका सुवासकुमार कार्की विजयी भएका छन भने सो वडामा एमालेका तर्फबाट एक खुल्ला सदस्यमा विश्वराज विष्ट विजयी भएका छन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
