मध्यपुर थिमि नपामा काँग्रेसकै अग्रता
भक्तपुर ३ जेठ । मध्यपुर थिमि नगरपालिकामा काँग्रेसको अग्रता कायम नै छ । मध्यपुर थिमि नगरपालिकामा अहिलेसम्मको मत गणना अनुसार काँग्रेसका मेयर उम्मेदवार अष्ट कवेंले २ हजार ६ सय ८५ मत प्राप्त गरेका छन् । त्यस्तै एमालेका मदनसुन्दर श्रेष्ठले २ हजार १ सय २८ मत पाएका छन् । माओवादी केन्द्रकी प्रतिमा श्रेष्ठले १ सय ३९ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
त्यस्तै, उप मेयरमा काँग्रेसकी अन्जना मधिकर्मीले २ हजार ७ सय ९७, नेमकिपाका केदार खड्काले १ हजार १ सय ९१ र माओवादी केन्द्रकी सुचित्रा श्रेष्ठले १ सय ७२ मत प्राप्त गरेका छन् ।
यसैगरी, बडा नं ३ को वडा अध्यक्षमा पनि काँग्रेसले नै अग्रता लिएको छ । काँग्रेसका प्रेम बहादुर कुुटुले ३ सय ७२, राप्रपाका रविन थापाले ६१ र माओवादी केन्द्रका भुवन केसीले ५३ मत पाएका छन् ।
मध्यपुर थिमिको वडा नं. १ र २ मा क्रमशः सुरज खड्का र राम थापा मगर विजयी भएका छन् ।