श्रीमतीलाई आगो लगाएको आरोपमा श्रीमान् पक्राउ

भक्तपुर न्यूज

१५ असार २०७९ ७:३२

श्रीमतीलाई आगो लगाएको आरोपमा श्रीमान् पक्राउ

दाङ । तुलसीपुरमा श्रीमतीको शरीरमा पेट्रोल छर्केर आगो लगाएको अभियोगमा श्रीमान् पक्राउ परेका छन् । तुलसीपुर उपमहानगरपालिका–९ बेलुवाका ४२ वर्षीय उज्वल चनारा २८ वर्षीया श्रीमती माया श्रेष्ठलाई आगो लगाएको अभियोगमा मंगलबार पक्राउ परेका हुन् ।

चनाराले मंगलबार दिउँसो घरमै शरीरमा पेट्रोल छर्केर आगो लगाइदिएको श्रीमतीले बताएकी छिन् । उनको हात र खुट्टा जलेको छ । श्रीमतीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको र श्रीमान्लाई नियन्त्रणमा राखेको इलाका प्रहरी कार्यालय तुलसीपरका प्रमुख डीएसपी श्यामु अर्यालले बताए ।

यस विषयमा श्रीमतीको उपचार भएपछि दुवै जनालाई सोधपुछ गरेर थप कारबाही अघि बढाइने उनले बताए ।

प्रकाशित मितिः २०७९ असार १५ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय