सूर्यबिनायक नपामा काँग्रेसकै अग्रता
भक्तपुर ३ जेठ । सूर्यबिनायक नगरपालिकामा काँग्रेसको अग्रता कायम नै छ । सूर्यबिनायक नगरपालिकामा अहिलेसम्म गरिएको मत गणना अनुसार काँग्रेसका बिष्णुराज कार्कीले २ हजार ४ सय ३१ मत पाएका छन् । यस्तै एमालेका मेयर उम्मेदवार बासुदेव थापाले २ हजार १ सय ७८ मत प्राप्त गरेका छन् । त्यस्तै राप्रपाका प्रवीण ढुंगेलले ४ सय ४४ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
त्यस्तै, उप मेयरमा एमालेकी जुना बस्नेतले २ हजार १ सय ७८, काँग्रेसकी कल्पना राजथलाले १ हजार ७ सय ९० र राप्रपाकी जयन्ती महतले ५ सय ७८ मत प्राप्त गरेका छन् ।
यसैगरी, बडा नं २ को वडा अध्यक्षमा काँग्ेसका कमलनाथ आचार्यले ८ सय ४६ मत ल्याई अग्र स्थानमा रहेका छन् । त्यस्तै एमालेका रवि श्रेष्ठले ८ सय ६ र राप्रपाका कृष्ण सिलवालले ५४ मत प्राप्त गरेका छन् ।
सूर्यबिनायक नगरपालिका वडा नं. १ मा एमालेका सानुकाजी कायष्ठ विजयी भएका छन् ।