काठमाडौ महानगरमा गणक थपिए ।

भक्तपुर न्यूज

३ जेठ २०७४ ९:४१

काठमाडौ महानगरमा गणक थपिए ।

काठमाडौ, ३ जेठ । काठमाडौं महानगरपालिकामा गणक थपिएको छ । महानगरपालिकामा मतगणना असाध्यै ढिलो भएपछि निर्वाचन आयोगले नै गणक थपेको जनाएको छ । महानगरपालिकामा १० वटा टोली बनाएर गणनाको काम सुरु गरिने निर्वाचन आयोगका प्रबक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए ।

१० वटा टोली बनाएर गणना गरिएपछि महानगरको नतिजा केही छिटो आउने विश्वास लिइएको प्रबक्ता शर्माले बताए । मत गणक थपिए पनि महानगरपालिकाको पूर्ण नतिजा आउन भने केही दिन लाग्ने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *