भक्तपुर नपा–४ मा पनि नेमकिपा अगाडि

भक्तपुर न्यूज

३ जेठ २०७४ ८:५६

भक्तपुर नपा–४ मा पनि नेमकिपा अगाडि

भक्तपुर ३ जेठ । भक्तपुर नगरपालिकामा नेपाल मजदूर किसान पार्टीको अग्रता कायम नै रहेको छ । भक्तपुर नगरपालिकामा अहिलेसम्मको मत गणना अनुसार नेमकिपाका मेयर उम्मेदवार सुनील प्रजापतिले ७ हजार ८ सय २ मत प्राप्त गरेका छन् । त्यस्तै मेयरका प्रत्यासी नेपाली कांग्रेसका रामप्रसाद कासुलाले ३ हजार ३ सय ८ मत पाएका छन् । नेकपा एमालेका बिष्णु सुवालले १ हजार ४ सय ७ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
त्यस्तै, उप मेयरमा नेमकिपाकी रजनी जोशीले ७ हजार ८ सय ५२, काँग्रेसकी गंगालक्ष्मी अवालले ३ हजार ११ र एमालेकी कृष्णमाया त्वानाबासुले १ हजार ५ सय ६८ मत प्राप्त गरेका छन् ।
अहिले सम्म वडा नं ४ को २ हजार ५ सय मत गणना सम्पन्न भएको छ । नेमकिपाका कुमार चवाल ले १ हजार ६ सय ५३, काँग्रेसका सुन्दर भेलेले ५ सय ३९ र एमालेका अजय घेमोसुले १ सय ४७ मत पाएका छन् ।
यसैगरी, बडा नं १ को वडा अध्यक्ष नेमकिपाका श्यामकृष्ण खत्रीको प्यानल, वडा नं। २ को वडा अध्यक्ष हरि प्रसाद बासुकलाको प्यानलले विजयी हासिल गरेको छ । यस्तै, बडा नं। ३ मा पनि नेमकिपाका राजकृष्ण गोराको प्यानल विजयी भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *