भरतपुरमा एमाले उम्मेदवारको ८८० मतको अग्रता
चितवन— भरतपुर महानगरपालिकाको मत गणनामा मेयर पदमा नेकपा एमालेका उम्मेदवार देवी ज्ञवाली २७४९ मतका साथ अग्रता लिएका छन्। माओवादी केन्द्रकी रेणु दाहालले १ हजार ८६९ र राप्रपाका बद्री तिमिल्सिनाले १८४ मत प्राप्त गरेका छन्।
भरतपुरमा वडा नं। १ को मत गणना सकिएर मंगलबार रातिबाट वडा नं। २ को मत गणना सुरु हुँदा एमाले उम्मेदवारले अग्रता अझ फराकिलो पारेका हुन्। उपप्रमुखमा काँग्रेसकी पार्वती शाहले २ हजार २८९ मत पाएकी छिन्। एमालेकी दिब्य शर्मा आचार्यले २ हजार २६६ मत प्राप्त गरेकी छिन्। राप्रपाकी रिना गुरुङले २२३ मत पाएकी छिन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१ असार २०८२ ७:३९
अमेरिकामा सांसदको गोली हानेर हत्या
१ असार २०८२ ७:३५
आइतबारका लागि विदेशी मुद्राको विनिमय दर
१ असार २०८२ ७:४४
मनसुन सक्रिय भएकाले सावधान रहन आग्रह
१ असार २०८२ ७:४२