मध्यपुर थिमि–२ मा मिश्रित परिणाम

भक्तपुर न्यूज

३ जेठ २०७४ ८:३२

मध्यपुर थिमि–२ मा मिश्रित परिणाम

भक्तपुर ३ जेठ । मध्यपुर थिमि नगरपालिका वडा नं. २ मा मिश्रित परिणाम आएको छ । वडा नं. २ मा काँग्रेसले वडा अध्यक्ष र दुई सदस्य तथा एक महिला वडा सदस्य जितेका छन् ।
वडा अध्यक्षमा काँग्रेसका राम थापा मगरले ८ सय ३२ मतले जितेका छन् । उनको प्रतिद्वन्दी एमालेका हेमराज गौतमले ६ सय ७० र माओवादी केन्द्रका राजन आलेमगरले ६६ मत पाएका छन् ।
वडा सदस्यद्वयमा काँग्रेसका प्रल्हाद कार्की र विदुर प्रसाद भट्टराईको क्रमशः ६ सय ९१ र ६ सय ९० मत प्राप्त गरेका छन् । त्यस्तै महिला वडा सदस्यमा एमालेका सकुन्तला श्रेष्ठले १ मतको अन्तरले जितेकी हुन् । उनले ७ सय ९ मत प्राप्त गरेका हुन् भने काँग्रेसकी मिना श्रेष्ठले ७ सय ८ मत पाएकी थिइन् ।
मध्यपुर थिमि नगरको मेयरमा नेपाली काग्रेसका अष्ट कवेंले २ हजार ३ सय ४०, उपमेयर अन्जना मधिकर्मीले २ हजार २ सय ८९ मत प्राप्त गरी अग्रता कायम गरेका छन् । यस्तै, मेयरमा एमालेका मदन सुन्दर श्रेष्ठले १ हजार ८ सय १३ र उपमेयरमा नेमकिपाका केदार खड्काले १ हजार ३५ मत ल्याएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *