काठमाडौं । जापानी मिडफिल्डर ताकुमी मिनामिनो फ्रेन्च क्लब मोनाकोमा अनुबन्धित हुने पक्का भएको छ । इंग्लिस क्लब लिभरपुल १८ मिलियन युरोमा मिनामिनो बेच्न सहमत भएको छ ।
जापानी मिडफिल्डर अनुबन्धको प्रकिया यसै हप्ता हुने बताईएको छ । २७ वर्षीय मिडफिल्डर अनुबन्धका लागि मोनाकोसहित उल्भ्स, फुलहम र साउथह्याम्पटनले चासो देखाएको थियो ।
मिनामिनो सन् २०१९ को डिसेम्बरमा आरबी साल्जवर्गबाट लिभरपुलमा आएका थिए । उनले २०२१ मा लोनमा साउथह्याम्पटनबाट खेलेका थिए ।
मिनामिनोले लिभरपुलका लागि ५५ खेल खेल्दा १४ गोल गरेका छन् । गत सिजन उनले ११ प्रिमियर लिग खेल खेलेका थिए । एजेन्सी
प्रकाशित मितिः २०७९ असार १२ आइतबार
Comments