भक्तपुर नपा–४ मा पनि नेमकिपा अगाडि
भक्तपुर ३ जेठ । भक्तपुर नगरपालिकामा नेपाल मजदूर किसान पार्टीको अग्रता कायम नै रहेको छ । भक्तपुर नगरपालिकामा अहिलेसम्मको मत गणना अनुसार नेमकिपाका मेयर उम्मेदवार सुनील प्रजापतिले ७ हजार १ सय ९९ मत प्राप्त गरेका छन् । त्यस्तै मेयरका प्रत्यासी नेपाली कांग्रेसका रामप्रसाद कासुलाले ३ हजार ८५ मत पाएका छन् । नेकपा एमालेका बिष्णु सुवालले १ हजार ३ सय ४३ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
त्यस्तै, उप मेयरमा नेमकिपाकी रजनी जोशीले ७ हजार २ सय ५१, काँग्रेसकी गंगालक्ष्मी अवालले २ हजार ८ सय ६८ र एमालेकी कृष्णमाया त्वानाबासुले १ हजार ५ सय ४ मत प्राप्त गरेका छन् ।
अहिले सम्म वडा नं. ४ को १ हजार ५ सय मत गणना सम्पन्न भएको छ । नेमकिपाका कुमार चवाल ले १ हजार ४४, काँग्रेसका सुन्दर भेलेले ३ सय ४ र एमालेका अजय घेमोसुले ८७ मत पाएका छन् ।
यसैगरी, बडा नं १ को वडा अध्यक्ष नेमकिपाका श्यामकृष्ण खत्रीको प्यानल, वडा नं. २ को वडा अध्यक्ष हरि प्रसाद बासुकलाको प्यानलले विजयी हासिल गरेको छ । यस्तै, बडा नं. ३ मा पनि नेमकिपाका राजकृष्ण गोराको प्यानल विजयी भएका छन् ।