बाँकेमा भारतबाट राजस्व छली ल्याइएको अवैध चिनी र दाल बरामद
बाँके । बाँके प्रहरीले १९ लाख मूल्य बराबरको भन्सार छलीको चिनी र बोडीको दाल बरामद गरेको छ। भन्सार छली गरी चोरी पैठारी गरेको ५ सय २० बोरा चिनी र ५१ बोरा बोडीको दाल नेपालगञ्ज उपमहानगरपालिका-१ स्थित नन्दनी मिल्सबाट बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक चक्रडम्मर पालले बताए।
खरिद बिक्रिको कुनै कागजात नभएको १८ लाख २० हजार मूल्य बराबरको उक्त चिनी र एक लाख सात हजार मूल्य बराबरको बोडीको दाल बरामद भएको प्रहरी निरीक्षक पालले जानकारी दिए ।
भन्सारी छलीको खाद्यान्न बिक्री बितरण भइरहेको भन्ने गोप्य सूचनाको आधारमा पुगेको प्रहरीले बिहीबार राति ९ बजे सामान बरामद गरेको थियो। प्रहरीका अनुसार बरामद भएको सामाग्री भन्सार कार्यालय पठाइएको छ।
प्रकाशित मितिः २०७९ असार १० शुक्रबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
