७२ स्थानीय तहको अन्तिम नतिजा स् एमाले २८, काँग्रेस २४ र माओेवादी १७

भक्तपुर न्यूज

३ जेठ २०७४ ५:३८

७२ स्थानीय तहको अन्तिम नतिजा स् एमाले २८, काँग्रेस २४ र माओेवादी १७

काठमाडौं, २ जेठ ।  आइतबार पहिलो चरणमा सम्पन्न भएको ३४ जिल्लाका २ सय ८१ स्थानीय तहको निर्वाचन मध्ये ७२ स्थानीय तहको अन्तिम नतिजा आएको छ । मतगणना सकिएको ७२ स्थानीय तहमा एमालेले अहिलेसम्म २८ स्थानमा जित हात पारेको छ । यस्तै, संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस भने दोस्रो स्थानमा रहेको छ । काँग्रेसले भने अहिलेसम्म २४ स्थानमा विजय हासिल गरेको छ ।

तेस्रो दल नेकपा माओवादी केन्द्र भने स्थानीय तहको चुनावमा पनि तेस्रो स्थानमै रहेको छ । हालसम्म माओवादी केन्द्र १७ स्थानमा विजयी भएको छ । तीन स्थानीय तहमा भने स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।
कुल निर्वाचन भएको तहः २ सय ८१
प्राप्त नतिजा ः ७२ स्थानीय तह
नेकपा एमालेः २८
विजयी नेपाली काँग्रेसः २४
नेकपा माओवादी केन्द्रः १७
स्वतन्त्रः ३


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *