सौगात मल्ल र अनुपविक्रम शाही अभिनित ‘लाखे’ भदौ ३१ मा प्रदर्शन हुने

भक्तपुर न्यूज

९ असार २०७९ ९:२३

सौगात मल्ल र अनुपविक्रम शाही अभिनित ‘लाखे’ भदौ ३१ मा प्रदर्शन हुने

काठमाडौं । सौगात मल्ल, आर्यन अधिकारी र अनुपविक्रम शाहीको मुख्य भूमिका रहेको फिल्म ‘लाखे’को प्रदर्शन मिति तय भएको छ । निर्माताले बिहीबार पोस्टर सार्वजनिक गर्दै भदौ ३१ गतेलाई रिलिज मिति घोषणा गरेका हुन् ।

यो एक्सन–थ्रिलर फिल्मको बक्स अफिस भिडन्त अब सोही मितिमा आउने अर्को फिल्म ‘बाबरी’सँग हुनेछ । फिल्मलाई सम्राट बस्नेतले निर्देशन गरेका हुन् । निर्देशक बस्नेतले फिल्मलाई स्तरीय बनाउन कुनै कसर बाँकी नराखिएको दाबी गरे । फिल्ममा वर्षा राउत, सुशील सिटौला, अर्पण थापा लगायतको मुख्य भूमिका छ ।

गणेश मल्ल ठकुरीको प्रस्तुति रहेको फिल्मको निर्माण र कथा सिजन अर्यालले गरेका हुन् । फिल्मलाई सुसन प्रजापतिले खिचेका हुन्को भने दीपक बज्राचार्यको संगीत छ । सौगात र अनुपले यसै वर्ष रिलिज भएको अर्को एक्सन फिल्म ‘लप्पनछप्पन २’मा पनि अभिनय गरेका थिए ।

प्रकाशित मितिः २०७९ असार ०९ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय