नगरसभा सकिएको ‘खुसीयाली’ मा नगरपालिकाले दियो सार्वजनिक बिदा

भक्तपुर न्यूज

९ असार २०७९ ८:५३

नगरसभा सकिएको ‘खुसीयाली’ मा नगरपालिकाले दियो सार्वजनिक बिदा

काठमाडौं । नगरसभा सफलतापूर्वक सम्पन्न भएको भन्दै सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाले शुक्रबार एक दिन सार्वजनिक विदा दिएको छ । शुक्रबारको दिन नगरपालिका एवम् नगर अन्तर्गत रहेका सम्पूर्ण कार्यालयहरुमा सार्वजनिक विदा दिने निर्णय भएको नगरप्रमुख बालकृष्ण बस्नेतले जानकारी दिए ।

विगतमा पनि नगरसभा सम्पन्न भएको भोलिपल्ट सार्वजनिक विदा दिने गरेकाले यसपटक पनि दिइएको बस्नेतले बताए ।

प्रकाशित मितिः २०७९ असार ०९ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय