नेकपा एसको सचिवालय बैठक आलोकनगरमा जारी
काठमाडौं । नेकपा एकीकृत समाजवादी (नेकपा एस) को सचिवालय बैठक बसीरहेको छ। पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बैठक जारी छ । बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा, आगामी निर्वाचनको तयारी,सत्ता गठबन्धन,आन्तरिक राजनीति तथा सरकारसँग जोडिएका विषय वस्तुमा छलफल हुँदैछ।
मन्त्रिपरिषद् हेरफेर गर्ने चर्चासँगै एकीकृत समाजवादीभित्र पनि विवाद देखिएको छ। भइरहेका मन्त्री फिर्ता बोलाएर अन्यलाई मन्त्री बनाउने विषयमा केही विवाद देखिएको हो । यही विषयमा पनि बैठकमा छलफल हुँदैछ।
हिजोदेखि सुरु भएको बैठक आज सकिने तयारी छ। बैठकमा भोलिदेखि सुरुहुने पार्टीको पोलिटब्यूरो बैठक र पर्सी बस्ने केन्द्रीय कमिटिको बैठकका एजेन्डाबारे पनि छलफल हुनेछ।
प्रकाशित मितिः २०७९ असार ०९ बिहिबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
