नेमकिपा अध्यक्ष विजुक्छेलाई पत्नीशोक

भक्तपुर न्यूज

८ असार २०७९ १२:१८

नेमकिपा अध्यक्ष विजुक्छेलाई पत्नीशोक

काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का अध्यक्ष नारायणमान विजुक्छेलाई पत्नीशोक परेको छ । बिजुक्छेकी पत्नी शोभा प्रधानको नेपाल क्यान्सर अस्पताल, हरिसिद्धीमा उपचारका क्रममा क्रममा बुधबार निधन भएको हो ।

प्रधानलाई २० वर्षअघि क्यान्सर पुष्टि भएको थियो । उपचारपछि निको भएको क्यान्सर फेरि देखिएको र उपचारका क्रममा निधन भएको नेमकिपाका नेता चैत्यराज शाक्यले जानकारी दिए ।उनका दुई छोरा सुवेग र सुवान छन् । अष्ट्रेलियामा रहेका सुवान आएपछि मात्र अन्त्येष्टि गर्ने परिवारको तयारी छ ।

प्रकाशित मितिः २०७९ असार ०८ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय