कक्षा १ देखि १२ सम्मका लागि उपयुक्त ई-लर्निङ प्लेटफर्म

भक्तपुर न्यूज

८ असार २०७९ ९:२८

कक्षा १ देखि १२ सम्मका लागि उपयुक्त ई-लर्निङ प्लेटफर्म

काठमाडौं । संसारमा प्रायः सबै कुरा समय अनुकूल परिमार्जित हुँदै गइरहेका हुन्छन् । यदि कुनै प्रयासले नवीनतम शैलीलाई आत्मसात् गर्न सकेनन् भने उनीहरूको अस्तित्व धरापमा परेको इतिहास छ । आफ्नो अस्तित्व जोगाइराख्न हरेक कुरा समय अनुसार परिमार्जित हुन आवश्यक छ ।

यही कुरालाई आत्मसात् गर्दै तीन दशक लामो समयसम्म शैक्षिक पाठ्यक्रम प्रकाशन गर्दै आएको नीमा एजुकेसन फाउन्डेसनले आफ्नो अर्को उत्पादन नीमा एकेडेमी बजारमा ल्याएको हो ।

नीमा एकेडेमीकाे अनलाइन प्लेटफर्ममा हाल कक्षा १ देखि १२ सम्मका पाठ्यक्रम उपलब्ध छन् । त्यसबाहेक ब्रिज कोर्ष, भाषागत कक्षा लगायतका अनलाइन कक्षा पनि राखिएकाे छ ।

के हाे त नीमा एकेडेमी ?

विगत ३ दशकदेखि नीमा एजुकेसन फाउन्डेसनले विभिन्न विषय पाठ्यक्रमका प्रकाशन गराउँदै आएको छ । त्यसैको एउटा उत्पादन नीमा एकेडेमी नेपालमा डिजिटल शैक्षिक प्रणालीलाई अगाडि बढाउन केन्द्रित छ ।

सन् २०१८ मा नेपाली शैक्षिक जगत्‌लाई डिजिटल रूपमा अगाडि बढाउने अभिप्रायले नीमा एकेडेमी अस्तित्वमा आएको त्यसका प्रमुख कार्यकारी अधिकृत निश्चल प्रधान बताउँछन् ।

नीमा एकेडेमी एक ई-लर्निङ अर्थात् अनलाइनमार्फत पढ्ने प्लेटफर्म हो, जसमा हाल कक्षा १ देखि १२ सम्मका विभिन्न पाठ्यक्रम उपलब्ध छन् ।

कुनै विद्यार्थीले स्वअध्ययन गर्न चाहेको छ भने त्यस्तो अवस्थामा नीमा एकेडेमी उपयुक्त विकल्प हुनसक्छ । त्यस्तै कुनै विद्यालयले आफ्नो शैक्षिक प्रणाली डिजिटल बनाउने योजना बनाएका छन् भने उनीहरूका लागि पनि उपयुक्त हुने प्रधानकाे भनाइ छ ।

नीमा एकेडेमीका शैक्षिक सामग्री पाठ्यक्रम विकास केन्द्रबाट स्वीकृत भएकाले जोसुकैले जहिले पनि पढ्नसक्ने प्रधानले बताएका छन् । त्यस्तै यसका माध्यमबाट ब्रिज कोर्स, भाषागत तयारी कक्षा, प्रवेशिका परीक्षा आदिको तयारी गर्न चाहेका विद्यार्थीले अनलाइन क्लासका माध्यमबाट पढ्न सक्छन् ।

कसरी सेवा दिइरहेको छ ?

नीमा एकेडेमी सम्पूर्ण रूपमा ई-लर्निङ प्लेटफर्म हो । यसमा हाल दुई तरिकाले पठनपाठन हुनेगर्छ । १ देखि १२ कक्षासम्मका कुनै विद्यार्थीले स्वअध्ययन गर्न चाहेका छन् भने उनीहरूले आवश्यक कोर्ष नीमा एकेडेमीमार्फत खरिद गर्न सक्छन् । त्यसका लागि हरेक विषयका लागि छुट्टाछुट्टै शुल्क तोकिएको छ ।

कुनै पनि कोर्ष खरिद गरिसकेपछि उनीहरूले त्यससँग सम्बन्धित भिडिओ सामग्री, आर्टिकल, क्विज, टेस्ट, असाइनमेन्ट, गेम लगायत पाउनसक्छन्, जसले विद्यार्थीको क्षमता अभिवृद्धि गर्ने कम्पनीकाे विश्वास छ ।

त्यस्तै कुनै पनि पनि विद्यालयले आफ्नो शैक्षिक कार्यक्रमलाई डिजिटल स्वरूप दिन चाहे भने उनीहरूले नीमा एकेडेमीले उपलब्ध गराउने कोर्ष खरिद गर्न सक्छन् । उनीहरू त्यहाँ उपलब्ध विभिन्न सामग्रीहरू विद्यार्थीलाई देखाई त्यसबाट अध्ययन अध्यापनका काम अगाडि बढाउन सक्ने उनको भनाइ छ ।

उनले भने, ‘नीमा एकेडेमीले उपलब्ध गराउने सम्पूर्ण सामग्री पाठ्यक्रम विकास केन्द्रबाट अनुमतिप्राप्त भएकाले त्यसलाई निर्धक्क प्रयोग गर्न सकिन्छ । यदि हामीले उपलब्ध गराएका कोर्षमा केही फरक पर्‍यो भने त्यसको जिम्मेवार हामी लिन्छौं ।’

त्यस्तै शैक्षिक पाठ्यक्रम बाहेक अन्य विभिन्न किसिमका कक्षा (ब्रिज कोर्स, भाषा कक्षा तयारी, इन्ट्रान्स तयारी) तयारी गर्ने विद्यार्थीले पढाइका कन्टेन्ट पाउनुका साथसाथै अनलाइनमार्फत लाइभ कक्षामा पनि सहभागी हुन पाउँछन् ।

नीमा एकेडेमीले उपलब्ध गराउने एनिमेटेड भिडिओ सामग्री, वैचारिक शिक्षामा आधारित कक्षा (कन्सेप्चुअल बेस्ड एजुकेसन) आदिले विद्यार्थीलाई पाठ्यक्रम सो अध्ययन गर्दा नै बुझ्न सक्ने उनले बताए । यदि कुनै विद्यार्थीलाई पाठ्यक्रमका कुरा बुझ्न गाह्रो भएको छ भने उनीहरूले त्यस्तो अवस्थामा पछिका दिनमा लाइभ कक्षाका माध्यमबाट समस्या समाधान गर्न सक्नेछन् ।

उनले भने, ‘नीमा एकेडेमीले उपलब्ध गराउने कन्टेन्टका माध्यमबाट विद्यार्थीहरूलाई पढ्न रमाइलो लाग्नुका साथसाथै पढेका कुरा स्मरण गर्न सजिलो हुन्छ ।’

नीमा एकेडेमीको परिकल्पना

नीमा एकेडेमीको परिकल्पना सन् २०१८ मा गरिएको थियो । त्यसमा आवश्यक पाठ्यक्रमका लागि अनुसन्धान, खोज र वेबसाइट विकास गर्दा दुई वर्ष लागेको थियो ।

‘अहिले विश्व एउटा ‘ग्लोबल भिलेज’ हो, जो इन्टरनेटद्वारा जडित छ । विश्वभर प्रविधिको उच्चतम प्रयोग भइरहेको छ,’ उनले भने, ‘पूरा विश्व नै डिजिटलाइज हुने क्रममा हामीले नेपालमा शैक्षिक पाठ्यक्रम पनि डिजिटलमैत्री बनाउने उद्देश्यले नीमा एकेडेमी ल्याएका हौं ।’

१० जनाको टिमबाट सुरू भएकाे नीमा एकेडेमीले हाल ५५ जनालाई प्रत्यक्ष र ३५ जनाभन्दा बढीलाई अप्रत्यक्ष रूपमा रोजगारी दिइरहेको छ । कम्पनीमा आवद्ध जनशक्ति सिस्टम बनाउनेदेखि कन्टेन्ट निर्माण गर्ने, सिस्टमबारे तालिम दिने र शिक्षण कार्यमा संलग्न भइरहेका छन् ।

विभिन्न विद्यालयले डिजिटल सामग्रीमार्फत अध्यापन गराउँदा विद्यार्थीहरूको प्रविधिमा सकारात्मक प्रभाव बढी रहने उनको भनाइ छ ।

‘अहिले मानिसहरू ल्यापटप, मोबाइल र डेस्कटप कम्प्युटर बढी प्रयोग गर्छन् । त्यहीमार्फत अध्यापन गराउँदा प्रविधिमा विद्यार्थीको सकारात्मक प्रभाव बढी पर्छ,’ उनले भने ।

त्यस्तै बालबालिकाका लागि सानैमा जीवन उपयाेगी सीप र शिक्षाका कक्षा भएकाले भविष्यमा कुनै बाटो रोज्न सहज बनाउने उनको भनाइ छ ।

चुनौती तथा भावी योजना

हरेक व्यवसायमा आफ्नै चुनौती हुने गर्छन् । ग्राहक वा सेवाग्राहीलाई नवीनतम प्रयासमा विश्वस्त बनाउन नसक्दा राम्राे उत्पादन हुँदाहुँदै पनि व्यवसाय अघि बढ्न सक्दैन ।

नीमा एकेडेमीका लागि पनि केही चुनाैती छन् । विशेषगरी अभिभावकलाई याे प्लेटफर्मबारे विश्वस्त दिलाउन कम्पनीले अझै धेरै काम गर्नुपर्ने देखिन्छ ।

यसका लागि कम्पनीले विभिन्न सेमिनार, तालिम सञ्चालन गर्दै आएको छ ।

‘हामी हाम्रो प्लेटफर्मलाई उत्कृष्ट बनाई गुणस्तरीय शिक्षाका लागि केन्द्रित भइरहेका छाैं । यसलाई आत्मसात् गर्दै देशको शैक्षिक प्रणालीमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्य छ,’ उनले सुनाए ।

कम्पनीले पछिका दिनमा आफ्ना सेवा थप विस्तार गर्दै जाने तयारी गरेकाे छ । अहिले पाठ्यक्रम र कन्टेन्टमात्र उपलब्ध गराइरहेको कम्पनीले निकट भविष्यमा अनलाइन प्रणालीबाट पठनपाठनसमेत गराउने योजना बनाएकाे उनले बताए ।

‘हाल कक्षा १ देखि १२ सम्मका शैक्षिक पाठ्यक्रम समावेश गरिएकाेमा भविष्यमा प्ले ग्रुपदेखि पीएचडी लेभलसम्मका सामग्री उपलब्ध गराउने योजना छ,’ प्रधानले सुनाए ।

त्यस्तै नीमा एकेडेमीमार्फत भविष्यमा स्तरोन्नति तथा सीपमूलक सिकाइका विषयहरू, विभिन्न किसिमका प्रवेश परीक्षा तयारी कक्षा, भाषागत कक्षा र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा ख्यातिप्राप्त बोर्डका कक्षा अनलाइन एवं अफलाइनमार्फत अगाडि बढाउने काम भइरहेको उनले जानकारी दिए ।

नीमा एकेडेमीकाे एप डाउनलोड गर्न एन्ड्रोइड प्रयोगकर्ताले यहाँ र आईओएस प्रयोगकर्ताले यहाँ क्लिक गर्नुहोस् ।

प्रकाशित मितिः २०७९ असार ०८ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *