भक्तपुर नपामा नेमकिपाको अग्रता कायमै

भक्तपुर न्यूज

३ जेठ २०७४ २:२६

भक्तपुर नपामा नेमकिपाको अग्रता कायमै

भक्तपुर ३ जेठ । भक्तपुर नगरपालिकामा नेपाल मजदूर किसान पार्टीको अग्रता कायम नै रहेको छ । भक्तपुर नगरपालिकामा अहिलेसम्मको मत गणना अनुसार नेमकिपाका मेयर उम्मेदवार सुनील प्रजापतिले ५ हजार ३ सय ८९ मत प्राप्त गरेका छन् । त्यस्तै मेयरका प्रत्यासी नेपाली कांग्रेसका रामप्रसाद कासुलाले २ हजार ५ सय ३३ मत पाएका छन् । नेकपा एमालेका बिष्णु सुवालले १ हजार २ सय १० मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
त्यस्तै, उप मेयरमा नेमकिपाकी रजनी जोशीले ५ हजार ४ सय ४६, काँग्रेसकी गंगालक्ष्मी अवालले २ हजार ३ सय २९ र एमालेकी कृष्णमाया त्वानाबासुले १ हजार ३ सय ५९ मत प्राप्त गरेका छन् ।
अहिले सम्म वडा नं. ३ को ३ हजार १ सय मत गणना सम्पन्न भएको छ । नेमकिपाका राजकृष्ण गोराले १ हजार १ सय ६६, काँग्रेसका ओम प्रकाश भुजुले ९ सय ७ र एमालेका रामरत्न शिलाकारले ५ सय २६ मत पाएका छन् ।
यसैगरी, बडा नं १ को वडा अध्यक्ष नेमकिपाका श्यामकृष्ण खत्री र वडा नं. २ को वडा अध्यक्ष हरि प्रसाद बासुकलाको प्यानलले विजयी हासिल गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *