हेटौंडा उपमहानगरपालिकाको कार्यपालिका बैठकमा एमालेको अवरोध

भक्तपुर न्यूज

७ असार २०७९ ७:४१

हेटौंडा उपमहानगरपालिकाको कार्यपालिका बैठकमा एमालेको अवरोध

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको कार्यपालिका बैठकमा नेकपा एमालेका सदस्यहरुले अवरोध गरेका छन् । बैठक सञ्चालन कार्यविधि शंसोधनको विषयमा कुरा नमिलेपछि नेकपा एमालेको तर्फबाट कार्यपालिका सदस्यहरु बैठकबाट बाहिर निस्केका छन् । बहुमत कार्यपालिका सदस्य रहेको हेटौँडा उपमहानगरपालिकामा एमालेको मागको विषयमा मेयर तथा उपमेयर लचिलो नभएको भन्दै एमालेले बैठक छाडेको हो ।

१८ जना कार्यपालिका सदस्य रहेको एमालेले बैठक संचालन कार्यविधि–२०७४ को १५९२० र १५९३० मा रहेको ब्यवस्थालाई संसोधन गरिनुपर्ने माग राखेको थियो । तर मागको विषयमा मेयर–उपमेय लचिलो नबनेपछि आफुहरुले वाध्य भएर बैठक बहिस्कार गर्नुपरेको वडा नंबर ११ की वडाध्यक्ष जुना दाहालले जानकारी दिइन् ।

प्रकाशित मितिः २०७९ असार ०७ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय