नगरकोटमा ७ बजेबाट पुन मतदान सुरु

भक्तपुर न्यूज

३ जेठ २०७४ २:०७

नगरकोटमा ७ बजेबाट पुन मतदान सुरु

भक्तपुर, ३ जेठ । भक्तपुर जिल्लाको चागुनारायण नगरपालिकाको वडा नं. ६ अन्तर्गत साविकको नगरकोट गाविस भवनको मतदान केन्द्र ख मा मतदान प्रक्रिया बिहान ७ बजेबाट सुरु भएको छ ।
आईतबार चागुनारायण नगरपालिको साविक नगरकोटगाविस भवन मतदान केन्द्र ख मा नवलपरासी जिल्लाको मत पत्र आएको र नेपाल मजदुर किसान पाटीको चुनाव चिन्ह नभेटिए पछि मतदान रोकिएको थियो । २२ मतदान पछि मादल चिन्ह नभेटिएको उक्त मतदान केन्द्रमा निर्वाचन आयोगले पुन मतदान गर्ने जनाएसँगै आज मतदान गरिँदै छ । सो मतदान केन्द्र ८४० मतदाता रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय