बहराइनलाई हराउँदै नेपाल सेमिफाइनलमा

भक्तपुर न्यूज

६ असार २०७९ ६:२५

बहराइनलाई हराउँदै नेपाल सेमिफाइनलमा

काठमाडौं । नेपाल एसीसी महिला टी(ट्वान्टी च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । मलेसियाको किनरारा ओभलमा सोमबार बहराइनलाई ८ विकेटले हराउँदै नेपाल सेमिफाइनलमा पुगेको हो ।

बहराइनले दिएको १५ रनको लक्ष्य नेपालले ३ ओभर ४ बलमा २ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि सीता राना मगरले ४ रन जोडिन । कविता कुँवरले अविजित ३ रन झारिन् । इन्दु वर्मा सुन्य रनमा आउट हुँदा कप्तान रुबिना क्षेत्री सुन्य रनमा अविजित रहिन् ।

बहराइनकी पभिथ्र सेट्ठी र भिल्सिटा बार्बोजाले एक एक विकेट लिईन् । त्यसअघि पहिले ब्याटिङ गरेको बहराइनले निर्धारित ७ ओभरमा ६ विकेट गुमाएर १४ रन बनाएको थियो ।

वर्षाको कारण खेल ७ ओभरमा झारिएको थियो । बहराइनकी इशारा सुहुनले ६ रन जोडिन । कप्तान दिपिका रासंगिका र थरंगाले २र२ रन जोडिन ।

नेपालकी कविता कुँवर र सबनम राईले २र२ विकेट लिईन् । अश्मिना कर्माचार्यले १ विकेट झारिन् । समूह ुबीु मा रहेको नेपाल शीर्ष स्थानमा रहेको छ । नेपालले ३ खेलमा ६ अंक जोडेको छ । नेपालले अन्तिम खेलमा मंगलबार हङकङसँग खेल्नेछ।

प्रकाशित मितिः २०७९ असार ०६ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय