छुट्टाछुट्टै स्थानमा चारजना मृत अवस्थामा फेला

भक्तपुर न्यूज

१ असार २०७९ ११:४२

छुट्टाछुट्टै स्थानमा चारजना मृत अवस्थामा फेला

काठमाडौं । ललितपुर, दोलखा, मोरङ र इलामामा चारजना मृत अवस्थामा फेला परेका छन् । ललितपुर गोदावारी नगरपालिका–१३ झरुवारासीस्थित ढलेपिपल बस्ने ४० वर्षीय अम्बिका बिशंखे आफ्नै घर नजिकै खाल्डोमा मृत अवस्थामा फेला परेकी छन् ।

दोलखा भिमेश्वर नगरपालिका–१ फुलाउने बस्ने ७३ वर्षीय नन्द बहादुर शिवाकोटी घर नजिक सडकको नालीमा मृत अवस्थामा फेला परेका छन् । जेठ ३१ गते घरबाट हिँडेका उनी घर नफर्किएपछि खोजी गर्ने क्रममा उनको शव फेला परेको हो ।

मोरङ सुन्दरहरैचा नगरपालिका–६ बस्ने ४५ वर्षीया काली दर्जी आफ्नै ओछ्यानमा मृत अवस्थामा फेला परेकी छिन् । इलाम माई नगरपालिका–४ शुक्रबारे बजारस्थित अर्ने खोल्सीमा हाल यकिन नाम, थर, वतन नखुलेका दावा शेर्पा नामले चिनिने अन्दाजी ५५ वर्षीय पुरुष मृत अवस्थामा फेला परेका छन् ।

प्रकाशित मितिः २०७९ असार १ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय