चितवनको घोप्टेभीरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध
चितवन । पहिराेले पृथ्वी राजमार्गकाे मुग्लिन नाैबिसे सडकखण्ड दिउँसो २ बजेदेखि अबरुद्ध बनेको छ । चितवनकाे इच्छाकामना गाउँपालिका-४ घोप्टेभिरस्थित पृथ्वी राजमार्गमा माथिबाट पहिरो झरी बाटो दुईतर्फी अवरूद्व बनेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
इलाका प्रहरी कार्यालय मुग्लिनबाट गएको प्रहरीसहितकाे सडक विभागको टाेलीले सडक खुलाउने प्रयास गरिरहेकाे छ । सडक अवरुद्ध हुँदा काठमाडौं जाने र मुग्लिनतर्फ आउने गाडी सवारी साधन र यात्रु राेकिएका छन् ।
प्रकाशित मितिः २०७९ असार १ बुधबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
