प्रस्तावित एसपीपी नेपालका लागि घातक, सम्झौताको प्रतिवादमा उत्रिन अनेरास्ववियुको अपिल

भक्तपुर न्यूज

१ असार २०७९ ८:५१

प्रस्तावित एसपीपी नेपालका लागि घातक, सम्झौताको प्रतिवादमा उत्रिन अनेरास्ववियुको अपिल

काठमाडौं । नेकपा एमालेकाे संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) सम्झौताविरुद्ध प्रतिवादमा उत्रिन अपिल गरेको छ। बुधबार एक विज्ञप्ति जारी गर्दै अनेरास्ववियुले एमसीसी सम्झौताको निरन्तरताको रुपमा अमेरिकाले नेपालसमक्ष एसपीपी सम्झौता प्रस्ताव गरेको भन्दै यसविरुघ प्रतिवादमा उत्रिन अपिल गरेको हो।

नेपालको सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता, असंलग्न परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्तविरुद्ध स्टटे पार्टनसीप प्रोग्रामले नेपालको स्वतन्त्र परराष्ट्र नीतिको एललंघन गर्दै नेपालको अस्तित्वमाथि नै धावा बोल्ने काम गरेको अनेरास्ववियुले जनाएको छ।

अमेरिकाले उक्त मस्यौदामा हस्ताक्षर गर्न दबाब दिँदै नेपाललाई कुनै अमुख देशको सैनिक परेडस्थलको रुपमा परिणत गर्न खोजेको विज्ञप्तिमा जनाइएको छ। प्रधानमन्त्री शेरबहादुर देउवा अमेरिका भ्रमणमा हुँदा उक्त मस्यौदामाथि हस्ताक्षर हुनसक्ने भन्दै त्यसको प्रतिवादमा उत्रिन सम्पूर्ण नेपालीलाई अनुरोध गरिएको हो।

यस्तै यदि सम्झौतामा सरकारले हस्ताक्षर गरे अनेरास्ववियु कडा आन्दोलनमा उत्रिने चेतावनी पनि विज्ञप्तिमार्फत् दिइएको छ।

No description available.

प्रकाशित मितिः २०७९ असार १ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय