खेलकुदमन्त्री अथक र रसियाका खेलकुद मन्त्रीबीच भेटवार्ता
काठमाडौं । रसिया भ्रमणमा रहेका युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज (अथक) ले रसियाका खेलकुदमन्त्री आलेग भासिलिभिचसँग भेटवाताए गरेका छन्। रसियन सरकारको औपचारिक निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलसहित पाँच दिने भ्रमणमा गएका मन्त्री अथकले दोस्रो दिन भासिलिचिचसँग भेट गरेका हुन्।
भेटमा भासिलिभिचले नेपाली खेलाडी तथा विद्यार्थीहरूलाई खेल विज्ञान अध्ययनका लागि छात्रवृत्ति दिने, खेलाडी र प्रशिक्षकलाई तालिम दिने र दुवै देशका खेलाडीबीच मैत्रपूर्ण खेल आयोजना गर्न इच्छुक रहेको बताए।
यस्तै नेपालका मन्त्री अथकले नेपाल र रसियाबीचको ६६ वर्ष लामो कुटनीतिक सम्बन्ध यस भ्रमणले खेलकुद डिप्लोमेसीमार्फत् थप सुदृढ हुने बताए। भेटका क्रममा अथकले रसियाका खेलकुद मन्त्रीलाई नेपाल भ्रमणको औपचारिक निमन्त्रणासमेत दिएका छन्।
प्रकाशित मितिः २०७९ असार १ बुधबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
