सूर्यबिनायक नपामा एमालेले खाता खोल्यो

भक्तपुर न्यूज

२ जेठ २०७४ ७:३३

सूर्यबिनायक नपामा एमालेले खाता खोल्यो

भक्तपुर, २ जेठ । भक्तपुर जिल्लाको सूर्यबिनायक नगरपालिकाको वडा नं. १ मा एमालेका उम्मेदवार सानुकाजी कायष्ठको प्यानलनै विजयी भएका छन् । कायष्ठले एक हजार ८ सय १५ मत ल्याई विजयी भएका थिए भने काँग्रेसका मनोज कुमार कार्कीले ९ सय ७७ मत ल्याएका थिए । भने राप्रपाका भुपेन्द्रराज राउतले ८ सय ९५ मत ल्याएका थिए ।
महिला सदस्यमा एमालेकी अम्बिका न्यौपाने, दलित सदस्य कल्पना नेपाली र सदस्यद्वयमा प्रदिप कार्की र बाबुकाजी श्रेष्ठ विजयी भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *