प्रधानमन्त्रीले अमेरिका भ्रमणबारे जानकारी गराउनुपर्छ : माधव नेपाल

भक्तपुर न्यूज

३० जेठ २०७९ ११:०७

प्रधानमन्त्रीले अमेरिका भ्रमणबारे जानकारी गराउनुपर्छ : माधव नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिका भम्रणबारेमा संसद्, समिति र नागरिकलाई जानकारी दिनुपर्ने बताएका छन् । सोमबार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा परराष्ट्र नीतिबारे बोल्दै अध्यक्ष नेपालले प्रधानमन्त्रीको अमेरिका भ्रमणको विषयमा धेरै प्रश्नहरू उठेको भन्दै प्रधानमन्त्रीले संसद्, समिति र देशलाई जानकारी दिनुपर्ने बताएका हुन् ।

उनले भ्रमणमा देशलाई उचित हुने भन्दाबाहेक अन्य कुनै पनि गतिविधिहरू सरकारले गर्न नहुने बताए । अध्यक्ष नेपालले असंग्लन परराष्ट्र नीतिबाट सरकार अविचलित भएर अगाडि बढ्न नहुने बताए । उनले परराष्ट्र नीतिको विषयमा कुनैपनि किसिमको दबाब र धम्की स्वीकार्य नहुने बताए ।

“नेपालले कुनै पक्षमा नलाग्ने असंग्लन परराष्ट्र नीति लाएका छौँ । त्यो नीतिमा सरकार अविचलित रूपमा अगाडि बढ्नुपर्छ । सरकारले आफ्नो नीतिका विषयमा सबैलाई स्पष्ट रूपमा राख्नुपर्छ । यो मामिलामा कुनै किसिमको दबाब, धम्की हामीलाई स्वीकार्य हुन सक्दैन,” उनले भने ।

प्रकाशित मितिः २०७९ जेठ ३० सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय