मध्यपुर थिमि नपामा काँग्रेसको अग्रता कायमै
भक्तपुर २ जेठ । मध्यपुर थिमि नगरपालिकामा काँग्रेसको अग्रता कायम नै छ । मध्यपुर थिमि नगरपालिकामा अहिलेसम्म २ हजार ३ मत गणना गरिएको छ । जसमा काँग्रेसका मेयर उम्मेदवार अष्ट कवेंले १ हजार १ सय ३८ मत प्राप्त गरेका छन् । त्यस्तै मेयरका प्रत्यासी एमालेका मदनसुन्दर श्रेष्ठले ८ सय ६७ मत पाएका छन् । माओवादी केन्द्रकी प्रतिमा श्रेष्ठले ४२ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
त्यस्तै, उप मेयरमा काँग्रेसकी अन्जना मधिकर्मीले १ हजार ४०, नेमकिपाका केदार खड्काले ५ सय ६७ र माओवादी केन्द्रकी सुचित्रा श्रेष्ठले ६८ मत प्राप्त गरेका छन् ।
यसैगरी, बडा नं १ को वडा अध्यक्षमा पनि काँग्रेसले नै अग्रता लिएको छ । काँग्रेसका सुरज खड्काले १ हजार ७, एमालेका अष्ट कुमार कवेंले ९ सय ७८ र माओवादी केन्द्रका श्यामकृष्ण डंगोलले ५५ मत पाएका छन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१ असार २०८२ ७:३९
अमेरिकामा सांसदको गोली हानेर हत्या
१ असार २०८२ ७:३५
आइतबारका लागि विदेशी मुद्राको विनिमय दर
१ असार २०८२ ७:४४
मनसुन सक्रिय भएकाले सावधान रहन आग्रह
१ असार २०८२ ७:४२