झण्डै ५ महिनापछि खुल्यो त्रिवि उपकुलपति कार्यालयको ताला

भक्तपुर न्यूज

२९ जेठ २०७९ १०:११

झण्डै ५ महिनापछि खुल्यो त्रिवि उपकुलपति कार्यालयको ताला

काठमाडौं । त्रिभुवन विश्वविद्यालय पदाधिकारीको कार्यकक्षमा ५ महिनादेखि लागेको ताला आइतबारदेखि खुलेको छ । आंशिक प्राध्यापकको ताला खोल्न आइतबार विश्वविद्यालयको वार्ता समिति र आंशिक प्राध्यापक केन्द्रीय संघर्ष समितिबीच ६ बुँदे सहमति भएको छ ।

बुधबार तीनदिने अल्टिमेटम दिएको एमाले निकट अनेरास्ववियुले बिहीबारबाट त्रिविमा प्रदर्शन शुरू गरेको थियो । यसअघि नेविसंघले माग ५ गतेबाट उपकुलपति, रजिस्ट्रार र रेक्टर कार्यकालयको मूल ढोकामा तालाबन्दी गरेका थिए । गत बुधबार नेकपा क्रान्तिकारीले ढोकामा विज्ञप्ति टाँसेर ताला फोडेका थिए ।

ताला फोडेको भोलिपल्ट अर्थात् जेठ १९ गते दलबलसहित प्रहरीकै अगाडि नेविसंघले ताला लगाएको थियो । नेपाल विद्यार्थी संघले शुक्रबार ताला खोलेको हो भने आंशिक प्राध्यापक केन्द्रीय संघर्ष समितिले आइतबार ताला खोलेका हुन् ।

योसँगै करिब १४० दिन भन्दा बढी समयदेखि बन्द रहेको विश्वविद्यालयको प्रशासनिक कामहरु नियमित हुने भएको छ । नेपाल विद्यार्थी संघले भने त्रिविका उपकुलपतिसमेत रहेका प्रधानमन्त्रीसँग सहमति भए अनुसार ताला खोलेको जनाएको छ ।

प्रकाशित मितिः २०७९ जेठ २९ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय